ईक्यान रुपन्देहीको छैठौं वार्षिक साधारणसभा सम्पन्न

by समतल अनलाइन
Shares

बुटवल । विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिदैं आएका कन्सल्टेन्सीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको छैटौं वार्षिक साभारण सभा सम्पन्न भएको छ ।

सोमवार बुटवलमा आयोजित एक कार्यक्रमका बिच संस्थाले साधारण सभा सम्पन्न गरेको छ । ईक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेयको अध्यक्षतामा सम्पन्न साधारण सभामा ईक्यान केन्द्रीय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा ईक्यान केन्द्रका पूर्व अध्यक्ष परिषदका संयोजक एवम महासंघका संयोजक राजेन्द्र बराल, ईक्यान केन्द्रका सल्लाहकार डिल्लीराज धिताल, उपाध्यक्ष भुवन बहादुर क्षेत्री, महासचिव दिपकराज भुसाल, सचिव भवनाथ हुमागाई, कोषाध्यक्ष आशिक कार्कि, ईक्यान कास्कीका अध्यक्ष ओम प्रकाश गैरे, ईक्यान रुपन्देहीका संस्थापक अध्यक्ष देव बहादुर कुँवर लगायत विभिन्न संघ सस्थाको प्रतिनिधित्व गर्ने व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

ईक्यानका सचिव गोविन्द बस्नेतको सञ्चालनमा सम्पन्न भएकोे कार्यक्रममा उपाध्यक्ष राजेश पाण्डेयले स्वागत मन्तव्य राख्नु भएको थियो । साभारण सभा बाट संस्थाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन र संगठनात्मक प्रतिवेदन पास गरेको छ भने आगामी बर्षको कार्ययोजना पनि पारित गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै ईक्यान केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले शुरुमा विदेश जाने विद्यार्थीका लागी कुनै व्यवस्था र कानुन नभएको हाम्रो मुलुकमा पछिल्लो समय ईक्यानकै पहलमा निर्देशिका जारी भएको बताउनु भयो । अब निर्देशिकाले मात्र पुग्दैन यसलाई ऐन, नियम र कानुन नै बनाएर संस्थागत गर्नुपर्ने बताउनु भयो ।

नेपाल बाट विधार्थीहरु अध्ययनका लागि मात्रै नभई जीवनशैली परिवर्तन गर्नका लागि पनि विदेशिने गरेको उहाँको भनाई छ । उहाँले अध्ययनका लागि विदेश जाने विधार्थीहरुलाई सहजीकरण गर्न परामर्श व्यवसायीहरुको भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।

You may also like

This will close in 0 seconds