127
काठमाडौं । कतार एयरवेजले मंगलबारदेखि दोहाबाट भैरहवामा दैनिक उडान गर्ने भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कतारले दैनिक एक उडान दोहा–भैरहवा–काठमाडौं रुटमा गर्ने गरी अनुमति लिएको छ ।
दोहाबाट २:४५ बजे आउने जहाज त्यसपछि काठमाडौं प्रस्थान गर्नेछ । कतारले काठमाडौंबाट दैनिक ३ उडानको अनुमति पाएको छ ।
भैरहवामा उडान गर्ने कतार अब पाँचौ कम्पनी बनेको छ । यसअघि नेपाल एयरलाइन्स, फ्लाइ दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् ।