एशोसिएसनको केन्द्रीय समितिको पाँचौ बैठक सम्पन्न

स्थानीय ऐनमा छुट भएका बिषयहरु समावेश गर्न प्रदेश सरकारसंग अनुरोध

by समतल अनलाइन

जलेश्वर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको पाचौं केन्द्रीय कार्यसमितिको पूर्ण बैठक अध्यक्ष डम्बर राेंगुको अध्यक्षतामा सम्पन्न भएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका वडा नं. २ स्थित महोत्तरी जिल्ला समन्वय समितिको सभा हलमा कार्तिक ९ र १० गते बसेको उक्त बैठकमा जलेश्वर नगरपालिका प्प्रमुख सुरेश साह सोनारकाे प्रमुख आतिथ्यता तथा साेहि पालिकाका उपप्रमुख राेसन खातुन तथा प्रमुख प्रशासकीय अधिकृत जयकुमार शाह  र मनाेहरा शिसुवा नगरपालिका प्रमुख प्रशासकीय  अधिकृत राजेश कुमार शाहकाे विशिष्ट आतिथ्यता रहेको थियो । संगठनकाे मधेस प्रदेश समितिको व्यवस्थापन भएको साे कार्यक्रम संस्थाका महासचिव सितु प्रसाद श्रेष्ठकाे  संचालन तथा उपाध्यक्ष जमुना भुजेलले स्थानीय भाषामा स्वागत गरेकी थिइन। 

बैठकले मुलुक संघीय संरचनामा प्रवेश पश्चात् संघियताकाे कार्यान्वयनका क्रममा लामो समयकाे प्रतीक्षा पश्चात् प्रदेश सरकारहरु द्वारा स्थानीय सेवा ऐन जारी गरेकोमा प्रदेश सरकारलाई संगठनको तर्फबाट धन्यवाद ज्ञापन गर्दै एशाेसिएसनले विगतदेखि माग गरेका ऐनमा छुट भएका विषयहरु स्थानीय कर्मचारीहरु प्रदेश स्तरमा निवृत्तीभरण तथा उपदान काेष स्थापना, ट्रेड युनियन अधिकार,अस्थायी करारका कर्मचारी सामान्य प्रकृयाबाट स्थायी गरिनुपर्ने, स्थानीय सेवा ऐन बमोजिम बढुवा वा तहबृद्धि भएको कर्मचारीहरुकाे जेष्ठता बढुवा वा तहबृद्धि हुनु अधिकाे पदमा नियुक्ति वा बढुवा भएको मितिदेखि नै कायम गर्नुपर्ने जस्त मागहरु ऐन संशोधन मार्फत समावेश गर्न एशाेसिएशनले जाेडदार माग गरेको छ ।

साथै संस्थाको सांगठनिक सवलिकरण अभियान अन्तर्गत २०८१ फागुन भित्र बाकी रहेका प्रदेशहरुकाे प्रदेसिक अधिबेशन सम्पन्न गरिसक्ने र चैत्रमा धनकुटामा राष्ट्रिय परिषद् बैठक सम्पन्न गर्ने पनि निर्णय गरेको छ । बैठकमा संगठनलाई थप सशक्त क्रियाशील बनाउन हाल केन्द्रीय समितिमा रिक्त ६ सदस्य पदमा मनाेनित गर्दै  इकाई समिति गठन हुन वाकी रहेका पालिकाहरुमा गठन गर्न सम्बन्धित प्रदेश समितिलाई कार्यतालिका बमोजिम जिम्मेवारी समेत तोकेको छ। बैठकले लामो समयदेखि सदन विचाराधीन रहेको संघीय निजामती सेवा ऐन चाँडो सम्बोधन गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ।

 
 
  
 

You may also like