आन्दोलन जारी राख्ने रास्वपाको निर्णय

by समतल अनलाइन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । आज (शुक्रबार) केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो। बैठक शनिबार पनि बस्ने गरी स्थगित भएको नेता मनिष झाले जानकारी दिएका छन् ।

आन्दोलनको कार्यक्रमका स्वरूपबारे भोलि (शनिबार) सार्वजनिक गरिने उनले बताएका छन् । रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको र सत्तापक्षले सहकारी पीडितलाई न्याय दिने आवश्यक कदमको सट्टा अन्यतिरै अल्झिएर बसेको अवस्थामा सहकारी पीडितलाई न्याय दिने र रकम फिर्ता गर्न विरोध प्रदर्शनको आगामी कार्यक्रमबारे छलफलमा रहेको उनले बताएका छन् ।

पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको थियो । यता विपक्षी दलहरूले रास्वपाको आन्दोलनको विरोध नगरे पनि सत्तारूढ सबै दलहरूले आपत्ति जनाएका छन् ।

 
 
  
 

You may also like