धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु, भेटियो शव (अपडेट)

by समतल अनलाइन

म्याग्दी । धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको छ । हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहको शव आज भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो । आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरुको हेलिकप्टरबाट खोजी गरिएको थियो ।

शव ल्याउने तयारी भइरहेको छ । आरोहण समूहका एकजनालाई उद्धार गरी काठमाडौँं पठाइएको छ । हिमाल आरोहणका क्रममा झण्डै आठ हजार मिटरको उचाइमा पुगेका ६ जना रुसी नागरिक खराब मौसमका कारण फर्किएका थिए । तर उनीहरू बाटोबाटै सम्पर्कविहीन भएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

 
 
  
 

You may also like