बम्घा रुपन्देही सम्पर्क समाजको विजया दशमी तथा दिपावलीको शुभकामना आदानप्रदान

by समतल अनलाइन

बुटवल । गुल्मी बम्घा रुपन्देही सम्पर्क समाजद्वारा विजयादशमी तथा शुभ दिपावली अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । १७ गते घटस्थापनाको दिन एक कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गरिएको हो । 

सो अवसरमा लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री लिला गिरिले वर्तमान समयमा युवाहरु बिदेशिने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्दै युवाहरुलाई देशमा अवसरहरुलाई पहिचान गरी देशमै बस्न आग्रह गर्नुभयो।

उहाँले हाम्रो चाडपर्व सांस्कृतिक धरोहर रहेको बताउँदै यसको जगेर्ना गर्न सबै लाग्नुपर्ने बताउनु भयो ।

उहाँले अहिलेको आधुनिकताले चार्डपर्वहरुमा विकृति मौलाएको धारणा समेत राख्नु भयो ।

यस्तै समाजका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले चाडपर्वलाई भड्किलो बनाउन नहुँने भन्दै मितव्ययीताका साथ हर्षोल्लासमय वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा तिलोत्तमा १ का वार्ड अध्यक्ष फर्सुराम गिरि , कार्यक्रम संयोजक सरोज ज्ञवाली , सल्लाहकार सदस्य हरि प्रसाद ज्ञवाली (बिबश), सस्थापक सदस्य हरि प्रसाद ज्ञवाली लगायतले संस्कृतिको संरक्षण, सामाजिक सद्भाव, एकता र मेलमिलापको निम्ति चाडपर्वको महत्त्वपुर्ण भूमिका हुनेमा जोड दिएका थिए।

कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष रुद्र प्रसाद ज्ञवाली कार्यक्रमको सन्चालन सह-सचिव शकुन्तला ज्ञवालीको रहेको थियो। साथै ८४ वर्षिय टोपला देबि ज्ञवाली लाई सम्मान गरिएको थियो।

 
 
  
 

You may also like