नख्खु घटना : बेपत्ता ४ मध्ये ३ जनाको उद्धार, पाटनमा उपचार हुँदै

by समतल अनलाइन

काठमाडौं । नख्खु खोलाले बगाउँदा बेपत्ता भएका ४ जनामध्ये ३ जनाको उद्धार गरिएको छ ।

शनिबार ललितपुर महानगरपालिका १४ नखिपोटस्थित कान्तिपुर कोलोनि नजिक नख्खु खोलाले बगाउँदा एक महिला, दुई पुरुष र एक बालक बेपत्ता भएका थिए ।

तीमध्ये तीनजनाको उद्धार गरिएको ललितपुर जिल्ला प्रहरी परिसरका एसएसपी शेखर खनालले जानकारी दिए ।

एक जनाको भने उद्धार गर्न सकिएन । बेपत्ताको खोजी जारी रहेको एसएसपी खनालले बताए । उद्धार गरिएकाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

बाढीमा फसेका उनीहरूले टहराको छानोमा बसेर लामो समय उद्दारका लागि कुरिरहेका थिए । तर, उद्धार नहुँदा खोलाले बगाएको थियो ।

यस घटनामा गृहमन्त्री रमेश लेखकले नख्खु खोलामा बाढीले बगाएका चार जनाको उद्धार प्रयास गर्दागर्दै नसकिएको बताएका थिए ।

 
 
  
 

You may also like