३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता योग स्टार अन्तिम आठमा

by समतल अनलाइन

बुटवल।रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी हुदै योग स्टार युथ क्लब मडाहा क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा शनिबार सम्पुर्ण युथ क्लब सुपौलीलाई ३—० गोल अन्तरले पराजित गर्दै योग स्टार अन्तिम आठमा स्थान बनाएको हो ।

कुन्जलापुरस्थित उमा निमाबिको फुटबल मैदानमा योग स्टारको जितमा बिक्की राईले दुई तथा अनुज गैरेले एक गोल गरे । खेलको १२ औ मिनेटमा बिक्कि राईले वन भर्सेज वनमा गोलकिपर बिट गर्दै खेलमा अग्रता दिलाए । त्यसको एक मिनेटमा अनुज गैरेले दोस्रो गोल गरे । पहिलो हाफ दुइ गोलले पछि परेको सम्पूर्ण दोस्रो हाफको अन्तिम मिनेटमा गोल खान पुग्यो । खेलमा बिक्कीले गोल गरे । सम्पुर्णका खेलाडीहरुले पाएको आधा दर्जन बढी अवसरलाई सदुपयोग गर्न नसक्दा खेलमा पराजित भयो । सम्पुर्णका साबि गुरुङको ३ वटा प्रहार योग स्टारका गोलकिपरले राकिदिएका थिए ।

खेलमा म्यान अफ दी म्याच योग स्टारका टिम क्याप्टेन कुशल बिश्वकर्मालाई लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा नन्दु पाठकले पुरस्कार बितरण गरे । आईतबार न्यु सृजना युथ क्लब र फर्साटिकर युथ क्लबका बिचमा खेल हुने खेल संयोजक बिजय पुनले बताए ।

 
 
  
 

You may also like