लुम्बिनीकी कांग्रेस सचेतक गिरीले दिइन् राजीनामा

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसकी सचेतक निमा गिरीले राजीनामा दिएकी छिन् । उनले आज (सोमबार) संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएकी हुन् ।

विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उनले उल्लेख गरेकी छिन् । गिरीलाई २०७९ चैत २९ गते सचेतकको जिम्मेवारी दिइएको थियो । करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गरेर राजीनामा दिएकी हुन् । वर्तमान सरकारमा कांग्रेसबाट दुई जना मन्त्री पठाउन बाँकी छ ।

 
 
  
 

You may also like