हात–खुट्टा कमाउँदै माग्नु पर्ने गरी एउटै नेतालाई सर्वाधिकार दिनु हुन्न : चन्द्र भण्डारी

by समतल अनलाइन
208Shares

पाल्पा । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद चन्द्र भण्डारीले एउटै नेतालाई सर्वाधिकार दिन नहुने टिप्पणी गरेका छन् ।

प्रेस युनियन पाल्पाले बुधबार बर्तुङ्गमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता भण्डारीले सीमित नेतालाई सबै अधिकार दिँदा आफूलाई चाहिने बेलामा हातखुट्टा जोडेर माग्नुपर्ने अवस्था आउने बताए । उनले भने, ‘एउटा सीमित नेतालाई सबै अधिकार दिने अनि आफूलाई चाहिने बेलामा हातखुट्टा जोडेर खुट्टा कमाउँदै माग्नुपर्ने हुन्छ ।’

उनले अब जनतालाई काम गरेको देखाउनुपर्ने भन्दै जनतालाई सेवा प्रदान गर्न नसके राजनीति अघि बढ्न नसक्ने बताए । विगतमा जेलनेल गरेर जनताको चाहनाअनुसार व्यवस्था परिवर्तन भए पनि नेतृत्वले जनचाहनाअनुसार काम गर्न नसकेको उनले बताए । ‘प्रजातन्त्र ल्यायौ, व्यवस्था परिवर्तन गरियो, नेतृत्वको इच्छाशक्ति भएन भने व्यवस्था परिवर्तन भएर केही नहुने रहेछ ।’

Comments

You may also like