सहकारी छानबिन संसदीय विशेष समितिको म्याद १५ दिन थपियो

by समतल अनलाइन

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद १५ दिन थप भएको छ । आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले १५ दिन म्याद थपको प्रस्ताव राखेका थिए ।

थापाको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । १५ जेठमा गठन भएको उक्त संसदीय समितिको अवधि ३ महिनाका लागि तोकिएको थियो । पहिलो बैठक बसेको मितिले तीन महिना कायम हुने उक्त समयावधि आगामी भदौ २२ गते सकिँदै थियो ।

मंगलबारको बैठकमा समिति सभापति थापाले समितिले सार्वजनिक बिदाको दिन, कार्यालय समयबाहेक बिहान, बेलुका र मध्यरातिसम्म काम गरिरहेको जानकारी प्रतिनिधि सभा बैठकमा गराएका छन् । समितिले अहिले प्रतिवेदन लेखनको काम गरिरहेको छ । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्र बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

 
 
  
 

You may also like