अमेरिकामा फेरि एक नेपाली युवक मृत भेटिए

by समतल अनलाइन

काठमाडौं । अमेरिकामा एक नेपाली युवक मृत्त भेटिएका छन् । नेपालको पर्वत जिल्ला घर भई हाल अमेरिकाको मेरिल्याण्ड बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान गत मंगलबार मृत भेटिएका हुन् । उनी आफ्नै अपार्टमेन्टमा मृत फेला परेको अमेरिकाबाट पत्रकार राजेश खत्रीले जानकारी दिएका छन् ।

सन २०१५ मा अमेरिका गएका प्रधान झण्डै १० वर्षपछि नेपाल फर्कने तयारीमा थिए । प्रधान २७ अगष्टका दिन दिउँसो २ बजे काम सकेर कोठामा फर्किएका थिए । उनको मृत्युको कारण खुलिसकेको छैन । मृत्युको कारण पत्ता लागेपछि मात्रै शव नेपाल पठाइने भएको छ । प्रधानका श्रीमती, एक छोरा र एक छोरीसहितको परिवार नेपालमा छ ।

 
 
  
 

You may also like