भूमिकास्थान-रुपन्देही समाजको अधिवेशन सम्पन्न, अर्घाखाँचीको विकासमा कुनै कमि हुने छैन:- मुख्यमन्त्री आचार्य

by समतल अनलाइन

बुटवल। भूमिकास्थान(अर्घाखाँची)- रुपन्देही सम्पर्क समाजको प्रथम साधारण सभा तथा अधिवेसनबाट अध्यक्षमा पुनः लक्ष्मण बेलवासे चयन भएका छन् ।

नयाँ गठन गरिएको समितिको उपाध्यक्षमा ढुन्डीराज खनाल, राम प्रसाद भुषाल, दोमलाल चुँदाली, गोपाल प्रसाद गैरे र कृष्ण प्रसाद मरासीनी चयन भएका छन् । यस्तै सचिवमा यम प्रसाद गैरे, कोषाध्यक्षमा सन्तोष बन्जाडे, सह सचिवमा गोविन्द खनाल, मुना वली चयन भएका छन् ।
यस्तै सदस्यहरुमा योगेन्द्र खनाल, मिना आचार्य, ज्ञान प्रसाद पाण्डे, गिता खनाल बन्जाडे, मुकुन्द बेल्बासे, डिल प्रसाद श्रेष्ठ, खुम बहादुर पुन, स्मिता पौडेल आचार्य र अभय पौडेल चयन भएका हुन ।

नया समितिको लेखा संयोजकमा थम्मन केसी र सदस्यहरुमा विष्णु बहादुर राउत, गोमा श्रेष्ठ चयन भएका छन् ।

साधारण सभा तथा अधिवेसनलाई सम्वाेधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिकास्थानले रुपन्देहीका विभिन्न स्थानमा नमुनायोग्य काम गरेको बताएका थिए । उनले जिल्लाको विकासको लागि आफु मुख्यमन्त्री हुँदा होस् या नहुँदा सदैभ साथ र सहयोग गर्ने बताउँदै यसको लागि सबैसंग सहकार्य गरेर अगाडी बढ्ने बताएका थिए ।उनले भने–‘हामी जिल्लाको विकासको लागि कुनै पनि कसर बाँकी राख्दैन, चाहे म मुख्यमन्त्री हुम्ला चाहे न हुम्ला, यसमा सदैध लागिरहनेछु ।’
कार्यक्रममा सम्पर्क समाजका सल्लाहकार शैक्षिक व्याक्तित्व बसन्तराज खनाल, प्रेम पौडेल, रामप्रसाद भुषाल, धारापानी रुपन्देही सम्पर्क समाजका अध्यक्ष देवीराम बन्जाडे, ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका अध्यक्ष कृष्णप्रसाद खनाल लगायतले शुभकामना दिएका थिए ।

संस्थाले संस्थालाई यो स्थानसम्म ल्याउन सहयोग पुर्याउन टेकराज भुसाल, कमलप्रसाद खनाल, यमप्रसाद गैर, रामप्रसाद भुसाल तथा संस्थाका पदाधिकारी, सदस्य र आजीवन सदस्यहरुलाई सम्मान समेत गरेकाे थियो।

 
 
  
 

You may also like