मर्स्याङ्दी बस दुर्घटना : यी हुन् २७ मृत्तक र १६ जना घाइते (नामावलीसहित)

by समतल अनलाइन

तनहुँको । तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा आज (शुक्रबार) विहान भएको भारतीय यात्रुबस दुर्घटनामा ज्यान गुमाएका २७ र घाइते १६ जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा नेपाल घुम्न आएका २७ जनाको मृत्यु भएको र १६ जना भारतीय नागरिक घाइते भएको नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उनले घाइतेहरूको काठमाडौँको शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताएका छन् । घाइते १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए । पोखराबाट काठमाडौँका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरा नजिकबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

मृत्यु हुने सबैको शव आँबुखैरेनीमा राखिएको छ । भारतीय बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको पाइएको छ । २ दिन पोखरा बसेर आज काठमाडौँ आउँदै गर्दा बस दुर्घटनामा परेको थियो । दुई वटा बस सँगसँगै आउँदा एउटा दुर्घटनामा परेको बताइएको छ ।

यी हुन् दुर्घटनाका घाइते र मृतक (नामावलीसहित)
शिक्षण अस्पताल काठमाडौं ल्याइएका घाइते

१) वतन नखुलेको वर्ष ६० को सुनिल झाण्डे कम्मरमा चोट बोल्न नसक्ने अवस्था सिरिएस । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
२) वतन नखुलेको वर्ष ४५ की भारती पटेल अनुहारमा र शरीरको विभिन्न भागमा चोट रहेको अवस्था सिरियस । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
३) वतन नखुलेको वर्ष ३२ को अबिनास पटेल दुबै खुट्टा र छातीमा चोट अबस्था सिरियस । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौ पठाइएको ।
४) वतन नखुलेको वर्ष ४५ की रेखा कोटी अवस्था सिरियस रहेको शरीरको बिभिन्न ठाउँमा चोट । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौ पठाइएको ।
५) वतन नखुलेको वर्ष ५५ को न्यारेश्वर नोन्डे अवस्था गम्भिर रहेको, शरीरको बिभिन्न ठाउँमा चोट । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
६) वतन नखुलेको वर्ष ५८ को आन्नद इक्ले । अवस्था गम्भिर रहेको । शरीरको बिभिन्न ठाउँमा चोट । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
७) वतन नखुलेको वर्ष ६० की आशा पाण्डुरा पटेल अवस्था गम्भिर रहेको । शरीरको बिभिन्न ठाउँमा चोट रहेको । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
८) वतन नखुलेको वर्ष ६० की शारदा पटेल । अवस्था गम्भिर रहेको । बिभिन्न ठाउँमा चोट रहेको । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
९) वतन नखुलेको वर्ष ५५ को प्रबिन पटेल । अनुहारमा र दुबै हात खुट्टामा चोट रहेको, अवस्था गम्भिर । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
१०) वतन नखुलेको वर्ष ५६ को हेमराज सरौती । अवस्था मध्यम बोल्न सक्ने । शरीरको बिभिन्न ठाउँमा चोट । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
११) वतन नखुलेको वर्ष ५८ की आशा बोन्डे दुबै हातमा र अनुहारमा चोट अवस्था गम्भिर रहेको । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
१२) वतन नखुलेको वर्ष ४३ की रुपाली सरौदी । बिभिन्न ठाँमा चोट अवस्थामागम्भिर रहेको । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
दोस्रो लटमा थप उपचारको लागि काठमाडौै ल्याइएको (१७ः३० बजे )
१) वर्ष ५६ को हेमराज सरोद
२) वर्ष ४५ को सिम अनन्तास्कन्डे
३) वर्ष ६७ को कुमोदिनी झाप्रे
४) वर्ष ४२ को नेलिमा घेरोङ

मृतकको नामावली
वर्ष ४५ को सुहास प्रभाकर राणे –पुरुष
वर्ष ४२ की सरला सुवास राणे – महिला
वर्ष ५७ की निलिमा सुनिल घाडे –महिला
वर्ष ६२ को तुक्सीराम तायडे–पुरुष
वर्ष ४५ की मंगला बिलास राणे–महिला
वर्ष ६० को सुधाकर वकिराम जावके–पुरुष
रोहिणी सुधाकर जावके
सागर कडु जावके
वर्ष ६० की भारती प्रकाश जावके–महिला
वर्ष ५० को संदिप राजाराम सरोदे–पुरुष
पल्लवी सन्दिप सरोदे
गणेश पांडुरंग भारंवे
सुलभा पांडुरंग भारंवे
मिनल गणेश भारंवे
वर्ष ६ की परी गणेश भारंवे–महिला
निलीमा चन्द्रकान्त जावके
वर्ष ४४ को पंकज भगवन भंगाके–पुरुष
अनिता अविनाश पाटिल
मुर्तीजा खान
वर्ष २८ को अनुप सरोजे–पुरुष
वर्ष ६० की सरला तुडसिराम ताछेडे–महिला
वर्ष ६२ की सुल्क वारमे–महिला
रुपाली हेमराज सरोजे
गोकर्णी संदिप सरोदे
वर्ष १६ की सदना सुहास राय निधारमा चोट अवस्था गम्भिर रहेको, आँबुखैरेनी अस्पतालमा उपचार हुँदै । ऐ १३ः३० बजे पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको । ऐ. १५ः२६ बजे मृत घोषणा ।
सरोज मनोज भिरुक
एक जनाको सनाखत हुन बाँकी

 
 
  
 

You may also like