इनार सफा गर्न पसेका दुई जनाको मृत्यु

by समतल अनलाइन

दाङ । दाङको तुलसीपुरमा आज (बुधबार) बिहान इनार सफा गर्न परेका दुई जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–१३, दमारगाउँस्थित इनार सफा गर्न पसेका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय यामबहादुर नेपालीको मृत्यु भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनीहरू स्थानीय दुर्गा विकको इनार सफा गर्न भनेर बिहान १० बजेतिर भित्र पसेका थिए ।

‘इनारभित्र बेहोस भएका उनीहरूलाई उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले मृत घोषणा गरे’, डीएसपी तिमल्सिनाले सुनाए । इनारभित्र पसेका उनीहरू निस्कन नसकेको सूचना पाउना साथ प्रहरी पोस्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको नेतृत्वमा दुई जना, इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठको नेतृत्वमा आठ जना र नेपाली सेनाको अम्बापुर बेस क्याम्पबाट जामरात रमेश पराजुलीको नेतृत्वमा तीन जना सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । तर उद्धार गरी अस्पताल पुर्‍याउना साथ बिहान ११ बजेतिर डाक्टरले उनीहरूलाई मृत घोषणा गरेका थिए ।

‘इनारभित्र उनीहरू आफै पसेका थिए वा कसैले खसालिदियो हामी बुझिरहेका छौँ, तर जहाँसम्म लाग्छ– उनीहरू कामदार हुन् ।’

 
 
  
 

You may also like