एमालेको उपद्रो रोक्छौं, कांग्रेसले चकचक गर्दैन : गगन थापा

by समतल अनलाइन

बुटवल । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार पुरा अवधिसम्मै चल्ने दावी गरेका । निश्चित उद्देश्य पुरा गर्नका लागि कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको बताउँदै उनले वर्तमान सरकार साढे तीन वर्ष नै चल्ने दाबी गरे ।

नेपाली कांग्रेस रुपन्देहीले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रमको आज (मंगलबार) लुम्बिनीमा उद्घाटन गर्दैं महामन्त्री थापाले नेकपा एमालेको उपद्रोलाई रोक्न आफूहरु सक्षम रहेको र कांग्रेसको चकचक गर्ने बानी नभएकाले सत्ता गठबन्धन पुरा अवधि चल्ने बताए ।

‘नेकपा एमालेको उपद्रो रोक्छौं, कांग्रेसको चकचक गर्ने बानी छैन र चकचक पनि गर्दैनौँ, गठबन्धन सरकार साढे तीन वर्ष नै चल्छ’ महामन्त्री थापाले भने । विगतमा पनि कांग्रेस र एमाले मिलेर बनाएका सरकारले लिएका उद्देश्य पुरा गरेरै छोडेको स्मरण गर्दै उनले यसपाली पनि निश्चित उद्देश्य पुरा गर्न कांग्रेस एमालेको गठबन्धन सरकार बनेको दोहोर्‍याए ।

‘यसअघि पनि निश्चित उद्देश्य प्राप्तीका लागि कांग्रेस एमालेबिच धेरै पटक सत्ता सहकार्य भएको थियो र पुरा पनि भएको थियो’ महामन्त्री थापाले भने ‘यसपालि पनि जुन उद्देश्य पुरा गर्न कांग्रेस र एमाले मिलेर सरकार बनेको छ त्यो पुरा गर्छौ’ उनले भने । नेता थापाले संविधान गतिशील दस्ताबेज भएकाले समयको माग अनुरूप संशोधन गर्दै जानु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले पार्टीलाई एकताबद्ध गराएर लैजानु पर्ने बताए ।

 
 
  
 

You may also like