परराष्ट्रमन्त्री राणा आज भारत जाँदै, यस्तो छ भेटघाट तालिका

by समतल अनलाइन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (आइतबार) पाँच दिने भारत भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालयकाअनुसार परराष्ट्रमन्त्री राणा आज नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्नेछिन् । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्री राणा नयाँ दिल्ली आउन लागेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको जनाइएको छ ।

 
 
  
 

You may also like