कोटीहोमस्थलको घटना छानबिन गर्न समिति गठन

by समतल अनलाइन
223Shares

काठमाडौं । पशुपति कोटीहोम स्थलमा शुक्रबार राति भएको घटनाबारे छानबिन गर्न समिति बनेको छ । घटनाको छानबिन गर्न सात सदस्यीय छानबिन समिति बनेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक गङ्गा पौडेल, सशस्त्र प्रहरी बल २० नं गण सिनामंगलका सप्रनाउ प्रमोद यादव, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महासंघका गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसन नेपालका विष्णुकुमार थापा र जिल्ला प्रशासन कार्यालय काठमाडौंका अधिकृत अनुपम पौडेल रहेका छन् ।

शुक्रबार पशुपतिमा लगाइएको कोटी होमको भेटीको विषयमा उजुरी परेपछि विजयकृष्ण मूर्ति भनिने विजय भण्डारीलाई सोधपुछका लागि प्रहरी पक्राउ गर्न जाँदा नाराबाजी र हुलहुज्जत भएको थियो । कार्यक्रम स्थलमा भण्डारीका समर्थकले व्यवस्था, नेताहरू र सकारका विरुद्ध अराज नाराबाजी गरेको थिए । शनिबार जिल्ला प्रशासन कार्यालयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेसहितको छलफलले दुबै पक्षबीच समझदारी कायम हुन नसकेको भन्दै घटनाप्रति दुःख व्यक्त गरेको छ ।

Comments

You may also like