253
काठमाडौं । नेपाली बजारमा सुनको भाउले आज (शुक्रबार) नयाँ रेकर्ड बनाएको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो ।