रुपन्देहीमा शिशु जन्माएको केहि घन्टामै आमाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा ४ स्थित ओम अस्पतालमा प्रसुती गराउन गएकी एक महिलाको मृत्यु भएको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् ।

मणिग्रामस्थित शान्ति नमूना माविमा अध्यापनरत सिर्जना पौडेलको अप्रेशनबाट बच्चा जन्माइसकेको केही घण्टामा मृत्यु भएको हो ।

उनलाई सुरुमा सुत्केरी गराउन तिलोत्तमा–४ ड्राइभरटोलमा रहेको ओम अस्पतालमा बुधबार साँंझ लगिएको थियो । त्यहाँं सर्जरी गरेर उनले साढे आठ बजे छोरी जन्माएकी थिइन् ।

आफन्तका अनुसार अपरेशन गरेर होसमा आइ उनी दिउँसो एक बजेसम्म पनि छोरीलाई हेरेर प्रसन्न मुद्रामा थिइन् । त्यहाँं लगेर रगत चेकजाँंच गर्दा रगतमा खराबी देखियो । अपरेशन गर्नु अगाडिसम्म ठिक भएको उनको रगतमा संक्रमण देखियो । उनलाई सेतो रगतको आवश्यकता पर्यो ।

यसैका लागि बुटवल रक्तसञ्चार केन्द्रमा पुगेर खोजियो । तर त्यहाँ रगतलाई सेतो बनाउने मेशिन नचलेको रहेछ । त्यसपछि फेरि रगतलाई ह्वाइट रगत बनाउन भैरहवा मेडिकल कलेज लगियो । यी सबै काम गर्दा राति १२ बजिसकेको थियो । जतिबेला सिर्जनाको निधन भैसकेको थियो ।

अकस्मात स्वास्थ्य जटिल भएको र त्यहाँदेखि लुम्विनी प्रादेशिक अस्पतालमा लगेको केही घण्टाभित्रै अकस्मात मृत्यु भएको भन्दै आफन्तहरुले दोषीमाथि कारबाहीको माग गरेका छन् । आइसियु नै नभएको अस्पतालमा शल्यक्रिया गर्न दिने व्यवस्था, ब्लड बैङ्कमा सेतो प्लेटलेट्स बनाउने मेशिन नै नचलेको अवस्थाले अकालमा ज्यान गुमेको भन्दै आफन्तले दुःख व्यक्त गरेका छन् ।

मृत्यु भएकी सृजनाको यो दोश्रो सन्तान हो । उनको यसअघिकी ६ वर्षीया छोरी छिन् । तर उनी पनि अटिजमकी विरामी हुन् । यसले ती दुवै छोरीको भविष्य अन्धकार भएको छ । दुवैको पालनपोषण कसरी र कसले गरिदेला भन्ने चिन्ता छाएको आफन्तले बताएका छन् ।

 
 
  
 

You may also like