शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा गैडहवाको दुई बिद्यालयमा वृक्षारोपण

by समतल अनलाइन
Shares

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड भैरहवा क्लस्टर अन्तर्गत रहेको सुर्यपुरा शाखाको आयोजनामा शाइन ग्रिन ग्रो (हरियाली पर्बद्र्धन) अन्तर्गत गैडहवामा बृक्षारोपण गरिएको छ। गैडहवा गाउँ पालिका वडा नं. ७ मा रहेको श्री जनकल्याण माध्यामिक विद्यालय र श्री तिलेश्वर्य प्राथमिक विद्यालयमा गरी बिभिन्न प्रजातीका १०० भन्दा बढी विरुवा रोपण गरिएको हो।

वृक्षारोपण कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क मानव संसाधन प्रमुख प्रभास राई, भैरहवा क्लस्टर प्रमुख सतिश कुमार द्विवेदी, सुर्यपुरा शाखा प्रमुख दिनेश थारु, छपिया शाखा प्रमुख राजु शर्मा, तौलिहवा शाखा प्रमुख अब्दुल कादिर हलवाई र आयोजक शाखाका कर्मचारीहरु तथा विद्यालयका प्रधानाध्यापक संजय कुमार यादव, हरिश कोहार, समाजसेवी सन्दिप गुप्ता लगायत विद्यालयका शिक्षक शिक्षिका, र स्थानीय अभिभावकहरुको उल्लेख उपस्थिति रहेको थियो।

बृक्षारोपण कार्यले बिश्वमा भइरहेको प्रदुषणलाई कम गरी स्वस्थ र हरियाली वातावरण गर्न सहायकसिद्ध हुने शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क मानव संसाधन प्रमुख प्रभास राईले बताए। हरेक बर्ष बिभिन्न संघसंस्थाहरुको साझेदारी संचालन गरिने बृक्षारोपण कार्यक्रमबाट स्वस्थ वातावरण निर्माणमा टेवा पुग्नुका साथै खुल्ला र सार्वजनिक क्षेत्रहरुमा हरियाली क्षेत्रको समेत बृद्धि हुदै जाने समाजसेवी सन्दिप गुप्ताले बताए।
बृक्षारोपण गरिएका बिरुवाहरु संरक्षण संरक्षण र सम्बद्र्धन गर्न सकेमा बृक्षारोपणको अर्थ रहने भएकोले रोपण गरिएका बिरुवाहरुलाई बचाएर हुर्काउने जिम्मेवारी स्थानीयको रहेको भैरहवा क्लस्टर प्रमुख सतिश कुमार द्विवेदीले जोड दिएका छन।

शाइन हरियाली पर्बद्र्धन अन्तर्गत संचालन गरिएको बृक्षारोपण कार्यक्रमबाट हालसम्म शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १६००० विरुवा वृक्षारोपण गरिसकेको सो बैंकका सुर्यपुरा शाखाका शाखा प्रमुख दिनेश थारुले जानकारी दिएका छन। साथै यस बर्ष बिभिन्न क्षेत्रहरुमा गरी थप १००० वृक्षारोपण गर्ने योजना रहेको सुर्यपुरा शाखा प्रमुख थारुले जानकारी दिए ।

You may also like

This will close in 0 seconds