नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्द, दुवै टोलीले १–१ अंक बाँडे

काठमाडौं । आइसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द गरिएको छ । समूह ‘डी’ अन्तर्गत हुने भनिएको आजको खेल वर्षाका कारण रद्द गरिएको हो । योसँगै दुवै टोलीले १–१ अंक बाँडे। फ्लोरिडाको लाउडरहिलमा नेपाली समयअनुसार बिहान सवा ५ बजे शुरु हुन पर्ने खेल वर्षाका कारण प्रभावित भएको हो ।

पानी परेर मैदान ओसिलो हुँदा खेल हुन नसकेको हो । टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा समूह ‘डी’ को नेपालले आज श्रीलङ्कासँग खेल्न लागेको थियोे । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । नेपालको यससँगै २ खेलमा १ अंक भएको छ । ३ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यस समूहमा दक्षिण अफ्रीका ३ खेलमा ६ अंकका आठ सुपर ८ प्रवेश गरिसकेको छ । बंगलादेश र नेदरल्यान्ड्सको २ खेलमा २–२ अंक छ ।श्रीलङ्काले यसअघि दुई खेल खेलेकोमा पराजित भएको थियो । नेपालले श्रीलङ्कासँगको खेलपछि समूह चरणका अन्तिम दुई खेल वेष्ट इण्डिजमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने छ ।

 
 
  
 

You may also like