विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य घटेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ । हिजो हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा थियो । त्यस्तै आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ ।

हिजो युरो १ को खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा थियो । आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १७० रुपैयाँ ०५ पैसा थियो ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६३ पैसा थियो । आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।

हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ६० पैसा थियो । त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ५४ पैसा थियो ।

 
 
  
 

You may also like