अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा

by समतल अनलाइन
358Shares

काठमाडौं। सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैंठकले एक सय रुपैयाँ दरको नोटको पुरानो नक्सा हटाएर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अर्थमन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको जानकारी दिएकी छन् ।

‘अर्थमन्त्रालयको प्रस्तावमा सय रुपैयाँ दरको नोटको अग्रभागमा नेपालको चुच्चे नक्सा राखिने निर्णय भएको छ’, शर्माले भनिन्, ‘अब उक्त सय रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन गरिने छ।’

लामो समयदेखि भारतले आफ्नो नियन्त्रणमा राखेको दार्चुलास्थित नेपाली भूगोल लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर हाल चुच्चे नक्सा प्रचलनमा ल्याइएको छ।

२०७७ जेठ ३१ गते बसेको प्रतिनिधिसभाको बैठकले नेपालको नयाँ चुच्चे नक्सलाई अनुमोदन गरेको थियो । भारतको विरोधका वाबजुद त्यसपछि नेपालले उक्त नक्सा प्रचलनमा ल्याइसकेको छ ।

Comments

You may also like