185
काठमाडौं । नेपालले आज (बुधबार) हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० श्रृंखला (सिरिज) को फाइनल खेल्दैछ । मंगलबार मात्र ८५ रनले हराएको पपुवा न्युगिनी (पिएनजी) सँग बुधबार नेपालले फाइनल खेल्न लागेको हो ।
मङ्गलबारको लिग चरणको दोस्रो खेलमा पिएनजीले घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनल पुगेको हो । शीर्ष स्थानमा रहेको नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको पिएनजी दुई अङ्कसहित फाइनल पुगेको हो ।
आयोजक हङकङ एक अङ्कसहित अन्तिममा छ । आइतबार भएको नेपाल र हङकङको पहिलो खेल वर्षाले प्रभावित भएपछि अंक बाँडिएको थियो । नेपाल र पिएनजी बिचको फाइनल प्रतिस्पर्धा बुधबार बिहान ११ बजेर ४५ मिनेटमा हङकङको मोङ कोक मैदानमा हुनेछ । यस फाइनल अघि आज बिहान ६ः ४५ बजेदेखि नै तेस्रो स्थानका लागि हङकङले हङकङ ‘ए’ सँग खेल्दैछ ।