301
काठमाडौं । नयाँ सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित चार मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम चार मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिएका छन् ।
गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति वाग्लेले बताएका छन् । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनी बताउँछन् । एमालेको दाबी भए पनि गृह छाड्न नसक्ने बताउँदै उनले भने, ‘यत्रो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ, गृह नै पाइएन भने त औचित्य नै हुँदैन ।’
previous post