सियारीद्वारा अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री प्रदान

by समतल अनलाइन

भैरहवा । रुपन्देहीको सियारी गाँउपालिकाले अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री बितरण गरेको छ ।
पालिकाले ११ जना जना अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण गरेको हो । पालिकामा आएका १४ जनाको निवेदन मध्ये ११ जनालाई ट्राई साईकल, ह्वील चियर र बैशाखी बितरण गरेको छ ।

बाँकी रहेका ३ जना उपस्थित नभएका कारण प्रदान नगरिएको र आबश्यकता आधारमा पछि प्रदान गरिने पालिकाले जनाएको छ ।
गाउँपालिकाले आर्थिक अबस्था र शारिरिक अबस्था कमजोर भएका व्यक्तिहरु पनि सहजरुपमा हिडडुल गर्न पाउन भन्ने उद्धेश्यले सहायता सामाग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

गाउँपालिकाले महिला बिकास शाखा मार्फत ९ वटा ट्राई साईकल र १÷१ वटा ह्वील चेयर र बैशाखी प्रदान गरेको हो ।
गाउँपालिका अध्यक्ष घिमिरे सहित उपाध्यक्ष तारा थारु, प्रमुख प्रशाशकिय अधिकृत ऋिषिराम पन्थीले सहायता सामाग्री बितरण गरेका हुन् ।

पालिकाले गत बर्ष पनि अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री वापत ७ वटा ह्वील चियर र एउटा बैशाखी वितरण गरिएको महिला विकास शाखा ईन्चार्ज लक्ष्मी कार्कीले जानकारी दिईन् ।

 
 
  
 

You may also like