सर्वोच्चले माग्यो रायमाझी र पाण्डेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

by समतल अनलाइन

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको कारण पेश गर्न उच्च अदालत, पाटनलाई आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले रायमाझी र पाण्डेलाई थुनामा राख्ने आदेशको ‘कैफियत प्रतिवेदन’ मगाएको हो । आफूहरुलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने भन्ने उच्च अदालत पाटनको आदेश विरुद्ध रायमाझी र पाण्डेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

निवेदनमाथि सुनुवाइपछि न्यायाधीश रेग्मीको इजलासले उच्च अदालत पाटनबाट मुद्दाको फाइलसहित कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेलाई जिल्ला अदालतले थुनामा राख्ने आदेश गरेको थियो । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले पनि सदर गरेको हो ।

 
 
  
 

You may also like