कोशी र गण्डकी प्रदेशमा हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु

by समतल अनलाइन

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ । साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

आज (आइतबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ र बांकी भू–भागमा मौसम सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

राति भने गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हिमाली भू–भागका हिमपात तथा तराईका भू–भागमा बिहानीपख हुस्सु र कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 
 
  
 

You may also like