प्याब्सन तिलोत्तमाको साधारणसभा सम्पन्न

by समतल अनलाइन

तिलोत्तमा , रुपन्देहीको शैक्षिक हबका रुपमा स्थापित तिलोत्तमा नगर पालिका अन्तरगत प्याब्सन तिलोत्तमाको पाँचौ साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष केएन सागर ज्ञवालीको अध्यक्षता र केन्द्रीय प्याब्सनका सहकोषाध्यक्ष हेमलाल भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्षको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष चन्द्र अधिकारी प्रस्तुत गर्नु भएको प्रतिवेदन छलफल गरि पारित गरिएको थियो।

कार्यक्रममा प्याब्सनका नगर सल्लाहकार दामोदर भुषाल , जिल्ला सहसचिव हरि ज्ञवालीले , प्राज्ञिक सल्लाहकार दीपक गौतम लगायतले आफ्नो विचार राख्नु भएको थियो। संस्थाका उपाध्यक्ष मधुप्रकाश ज्ञवालीको स्वागत मन्तव्य राख्नु भएको साधारण सभामा संस्थासँग सम्बन्धित विद्यालयका प्राचार्य र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 
 
  
 

You may also like