साउथ अफ्रिका पठाइ दिन्छु भन्दै १७ लाख ठगी गर्ने गिरी पक्राउ

by समतल अनलाइन

काठमाडौं । साउथ अफ्रिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षका अन्जेश गिरीलाई शुक्रबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

अन्जेशले बिजय खत्रीसहित २ जनालाई वैदेशिक रोजगारीका लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै त्यसका लागि प्रतिव्यक्ति ८ लाख ५० हजार रुपैयाँ लाग्छ र साउथ अफ्रिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु र पुगेपछि मासिक १ लाख २० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी जम्मा १७ लाख रकम लिई सम्पर्कविहीन भएका थिए ।

 
 
  
 

You may also like