बुटवल फर्निचर उद्योग संघको पदस्थापन

सरकार उदासिन हुँदा फर्निचर उद्योगहरु धरासायीको संघारमा

by समतल अनलाइन

बुटवल। हालै सम्पन्न बुटवल फर्निचर उद्योग संघको २३ औं साधारण सभा तथा १२ औं अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुको सपथग्रहण तथा पदस्थापन सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागिहरुले फर्निचर उद्योगका समस्या र समाधानका उपायहरुबारे चर्चा गर्दै राज्यपक्ष उदासिन हुँदा स्वदेशी फर्निचर उद्योगहरु धरासायी हुदै गएको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालीकाका प्रमुख खेलराज पाण्डेले फर्निचर उद्योग तथा ब्यबसायका समस्याहरु समाधान गर्न आफु तत्पर रहेको बताउनु भयो । औद्योगिक ब्यबसाय क्षेत्रका समस्याहरु र यसको बिकासका बाधक तत्वहरु पत्तालगाई कmमशः समाधान गर्दै जानु पर्नेमा जोड दिदै प्रमुख पाण्डेले मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधान भएपछि यि सबै समस्याहरु पनि समाधान भएर जाने बताउनु भयो ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, संघका पुर्वअध्यक्ष बोनिन पिया, फर्निचर संघका पुर्वअध्यक्ष नरेश श्रेष्ठ, निवर्तमान अध्यक्ष सावित्रा टन्डन, नवनियुक्त अध्यक्ष तेजप्रसाद पराजुली, पत्रकार सुमन अधिकारीलगाएतले फर्निचर उद्योग र ब्यबसाय क्षेत्रका समस्या समाधानका उपायहरुका बारेमा चर्चा गरेका थिए ।

 
 
  
 

You may also like