ज्ञान ज्योति सहकारीको २५औं साधारण सभा सम्पन्न

by समतल अनलाइन

शुद्धोधन।ज्ञान ज्योति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुद्धोधन ३ मैनहियाको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
शनिबार रिद्धीसिद्धि पार्टी प्यालेसमा भएको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देही महासचिव दामोदर पङ्गेनीले उद्घाटन गर्नुभयो ।
उद्घाटन पश्चात् बोल्दै महासचिव पङ्गेनीले सहकारीको माध्यमबाट समाजको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउदै सहकारीलाई सञ्चालकहरुले अझ सशक्त बनाएर लैजानुपर्ने बताउनुभयो ।

पछिल्लो समयको सहकारीप्रती बजारमा विभिन्न टिकाटिप्पणी सुरु भएको प्रसङ्गमा उहाले सहकारी संस्थाहरुलाई बचाउनतर्फ सबै सहकारीकर्मीहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

शुद्धोधन गाउँपालिका सहकारी शाखा प्रमुख मानबहादुर भण्डारी ,शुद्धोधन शुद्धोधन सहकारी सञ्जालका अध्यक्ष तथा सम्मान बचत तथा ऋण सहकारीका अध्यक्ष लेखबहादुर खत्री,जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक रामप्रसाद न्यौपाने,लोकसागर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोबिन्द भण्डारी,निवर्तमान अध्यक्ष टेकबहादुर भण्डारीले सस्थाको थप प्रगतिको लागि शुभकामना व्यक्त गर्दै सहकारी संस्थाको थप प्रवद्धनका निम्ति सहकारी विकास सम्बन्धि तालिम तथा अभिमुखीकरण सञ्चालन गर्नका लागि आवश्यकताऔल्याउनुभयो ।सहकारीमा पछिल्लो समय सेयर रकम फिर्ता गर्ने क्रम चलिरहेको भन्दै हल्लाको भरमा अध्ययन विना भ्रममा नपर्न आग्रह गर्नुभयो।

कार्यक्रममा अध्यक्ष सेरबहादुर थापा क्षेत्रीले सञ्चालक समितिको प्रतिवेदन र लेखासदस्य सुबास पौडेलले लेखा सुपरिवेक्षण प्रतिवेदन र कोषाध्यक्ष लक्षमण दर्जीले आय व्ययको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

प्रतिवेदन अनुसार संस्थाले ५२ लाख ७८ हजार ५सय शेयर पूँजी तथा १ करोड ९१ लाख ६५ हजार १ सय १७ कर्जा लगानी गरि १ करोड ९० लाख ४० हजार १३रुपैयाँ बचत संकलन गरेको छ।
सहकारीले १३ लाख ७१ हजार ४८ रुपैयाँ नाफा कमाउन सफल भएको छ। सहकारीको२ करोड ७३ लाख ९ हजार ४ सय ६४ रुपैया कुल पुजी संकलन गरेको छ।
सहकारीले सेयरसदस्यलाइ १० प्रतिशत लाभांश वितरण गरेको छ हाल सस्थामा ३३१ जना सेयर सदस्य रहेका छन।
सहकारीले विभिन्न विधामा सहकारीका सेयर सदस्य सम्मान समेत गरेको छ।
कार्यक्रममा सहकारी उपाध्यक्ष पार्वता थापाको स्वागत तथा सचिव रमेश गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like