लोकतन्त्रको रक्षार्थ ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद

शान्ति समाज र कृष्ण पहाडीकै आलोचना पनि स्वीकार्य

by समतल अनलाइन

हरिश ढकाल
बुटवल । मानव अधिकार तथा शान्ति समाजले बिभिन्न ९ जिल्लामा लोकतन्त्रको रक्षार्थ सुशासनको प्रत्याभूति र सद्भाव प्रवद्र्धन केन्द्रीत नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिर १६ गते कास्कीको पोखराबाट शुरु भएको सो नागरिक संवाद अभियान स्याङ्जा, पाल्पा, रुपन्देही,
नवलपरासी पश्चिम, नवलपुर, चिवतन, गोरखा र नुवाकोटमा पुगेको छ ।

अभियानको समापन ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मंसिर २४ गते काठमाडौंमा नागरिक संकल्प जारी गर्दै सम्पन्न हुने शान्ति समाजले जनाएको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण
बरालसहित स्थानीय नागरिक समाजका प्रतिनिधिहरु र राजनीतिक समाजका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेको नागरिक संवाद कार्यक्रममा सर्वसम्मतिबाट ९ वटा नागरिक संकल्प पत्र समेत जारी भएको छ ।

मंसिर २४ गते काठमाण्डौ रामशाहपथस्थित नेपाल बार एशोसियसनको सभाकक्षमा दिउँसो १ बजे शान्ति समाजद्वारा आयोजना गरिएको नागरिक संवाद कार्यक्रममा
उक्त नागरिक संकल्प पत्र र नौ जिल्लामा व्यक्त नागरिकहरुको आवाजको सार प्रस्तुत गरिने छ । समाजका अनुसार लोकतन्त्र रक्षाका लागि नागरिक संवाद कार्यक्रम देशव्यापी रुपमा आयोजना गरिने छ ।

लोकतन्त्र रक्षा अभियान अन्तर्गत शान्ति समाजले नागरिक संवाद कार्यक्रमको पृथक स्वरुप अघि सारेको छ भने नागरिक संवाद कार्यक्रमको प्रारम्भमै मानव अधिकार तथा शान्ति समाजकै कमि कमजोरी र समाजका संस्थापक सभापति कृष्ण
पहाडीकै बारेमा पनि आलोचना गर्न पाउने जानकारी गराउँदै उपस्थित सहभागिहरुलाई मन्तव्य व्यक्त गर्न आग्रह गरिएको थियो ।

 
 
  
 

You may also like