1.2K
काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको उनले जानकारी दिइन् । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने, अश्लिलता प्रस्तुत गर्नेलगायतका गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको उनले बताइन् । ‘आजैदेखि लागु हुने गरी बन्द गर्ने निर्णय भएको छ । प्राविधको कुरा हो । हेरौं बन्द हुन कति समय लाग्छ’ मन्त्री शर्माले भनिन् ।