342
			
		
		
			
            
				            
			
			        
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ स्थिर रहँदै खरिद दर १३२.८२ रुपैयाँ र बिक्री दर १३३.४४ रुपैयाँ कायम भएको छ । आज १ युरोको बिक्री दर १४१.८७ रुपैयाँ र खरिद दर १४१.२३ रुपैयाँ रहेको छ । हिजो १ युरोको बिक्री दर १४१.५२ रुपैयाँ र खरिद दर १४१.२३ रुपैयाँ थियो ।
यस्तै, हिजो १६२.२९ रुपैयाँमा बिक्री भएको पाउण्डको बिक्री दर आज १६३.१५ रुपैयाँ तय भएको छ । आज १ पाउण्डको खरिद दर भने १६२.४१ रुपैयाँ रहेको छ ।
 
			        

 
												 
														

