८४ को निर्वाचनमा गठबन्धन भएमा कांग्रेस एक रहदैन- गगन थापा

by समतल अनलाइन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचनमा कांग्रेसले गठबन्धन गरेमा पार्टी एक नरहने चेतावनी दिएका छन् ।

नेपाल प्रेस युनियनको कार्यक्रममा बोल्दै महामन्त्री थापाले निर्वाचन अगाडी गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाबले नै गलत भएकोले यो गर्न नहुने बताएका हुन् ।

अब कांग्रेसले सैद्धान्तिक हिसाबले गलत लुरा बोकेर हिड्न हुदैन भन्दै चुनाव पछि सरकार बनाउन भने गठबन्धन बनाउन सकिने बताए । उनले पार्टीको अब हुने महासमिति बैठकले गठबन्धनको विषय टुंगाउने बताए ।

महामन्त्री थापाले फागुन १ गतेलाई जनयुद्ध दिवस मान्न नसकिने भन्दै कांग्रेसले यो मान्न नसक्ने बताए ।

 
 
  
 

You may also like