रुपन्देही उद्योग संघको अध्यक्षमा दिलिप सापकोटा सहित १५ जना निर्विरोध

by समतल अनलाइन

बुटवल । रुपन्देही उद्योग संघको अध्यक्षमा दिलिप सापकोटा सहित १५ जना निर्विरोध भएका छन् । संघको ४५ औं बार्षिक साधारण सभा तथा २३ औं अधिबेशनमा अध्यक्षका लागि सापकोटाको मात्र उम्मेदवारी परेपछि उनि अध्यक्षमा निर्विरोध निर्वाचित हुने भएका हुन् । संघको अधिबेशन २९ असोजमा बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुंदैछ । त्यस अघि शनिबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको थियो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जिवकान्त काप्mलेको पनि एकल उम्मेदवारी परेको छ भने महासचिवमा हिरामणी भट्टराई र महिला सचिबमा मञ्जु भुसालको मात्रै उम्मेदवारी परेको छ ।

त्यसैगरी एशोसिएट सदस्यमा प्रज्जवल थान्जु, आजिवन सदस्यमा उमाशंकर मालपानी र माधब प्रसाद नेपाल, संस्थागत सदस्यमा गोविन्द प्रसाद भुसाल, बुटवल औद्योगिक क्षेत्रबाट लाल प्रसाद बस्याल, बुटवल उपमहानगरपालिकाबाट सदस्यमा लालहरि पाण्डे र राजु घिमिर, तिलोत्तमा नगरपालिकाबाट रमेश प्रसाद आचार्य,सैनामैना नगरपालिकाबाट नारायण प्रसाद ज्ञवाली र शुद्धोधन गाउ“पालिकाबाट टंक नारायण आचार्यको मात्रै उम्मेदवारी परेकोले उनिहरु पनि र्निविरोध निर्वाचित हुने भएका छन् ।

यसैबीच दिलिप सापकोटा नेतृत्वको गठवन्धनले आफ्नो समूहका उम्मेदवारहरु सार्वजनिक गरेको छ ।
सो समूहले शनिबार बेलुका बुटवलमा पत्रकार सम्मेलन गरी उम्मेदवार सार्वजनिक गरेको हो ।

जसमा
अध्यक्ष– दिलिप सापकोटा (र्निविरोध)
वरिष्ठ उपाध्यक्ष– कृष्ण प्रसाद पराजुली (र्निविरोध)
प्रथम उपाध्यक्ष– जिवकान्त काप्mले (र्निविरोध)
द्वितीय उपाध्यक्ष– हरि बहादुर खत्री
महासचिव– हिरामणी भट्टराई (र्निविरोध)
कोषाध्यक्ष– युवराज आचार्य
सचिव– सुमन बस्याल
सचिव (महिला) – मञ्जु भुसाल (र्निविरोध)
सहकोषाध्यक्ष– विशाल बेलबासे
सदस्य एशोसिएट– प्रज्जवल थान्जु (र्निविरोध) र उमाशंकर मालपानी (र्निविरोध)
सदस्य आजिवन– माधब प्रसाद नेपाल (र्निविरोध)
सदस्य संस्थागत –गोविन्द प्रसाद भुसाल (र्निविरोध)
महिला सदस्य– मिना थापा तुलाधर र शारदा भट्टराई
सदस्य बुटवल औद्योगिक क्षेत्र– लाल प्रसाद बस्याल (र्निविरोध)
सदस्य खुल्ला– कृष्ण प्रसाद पोखरेल,नारायण प्रसाद खनाल,मोहनीलाल रिजाल,बल बहादुर गोदार (बाल्दर),अखिलेस गुप्ता,ई. किरण खरेल,चक्रपाणी तिवारी,अशोक कु“वर,सदस्य बुटवल उपमहानगरपालिका,लालहरि पाण्डे (र्निविरोध),राजु घिमिरे(र्निविरोध),सदस्य तिलोत्तमा नगरपालिका रमेश प्रसाद आचार्य (र्निविरोध),सदस्य सैनामैना नगरपालिका नारायण प्रसाद ज्ञवाली (र्निविरोध),सदस्य शुद्धोधन गाउ“पालिका टंक नारायण आचार्य (र्निविरोध) रहेका छन् ।

संघका बरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाको सभापतित्वमा सम्पन्न उम्मेदवार घोषणा कार्यक्रममा पुर्व अध्यक्ष एजाज आलम,बोनिन पिया,महासचिब पदका उम्मेदवार जिवकान्त काफ्ले लगायतले सबै पदमा निर्बिरोध निर्वाचित गराउने प्रयास भए पनि सफल नभएपछि केही पदमा चुनाबमा जानु परेको बताए ।
रुपन्देही उद्योग संघमा कुल १ हजार १३ सदस्य छन् ।

 
 
  
 

You may also like