एभरेष्टमा इआइएसटी क्लव गठन

by समतल अनलाइन

बुटवल । बुटवल–८ सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयमा एभरेष्ट इन्नोभेटर्स अफ साइन्स एण्ड टेक्नोलोजि (इआइएसटी) क्लव गठन भएको छ । विज्ञान र प्रविधिका क्षेत्रमा नवीनतम तथ्यको खोजी, प्रयोग र परीक्षण गर्ने उद्देश्यले उक्त क्लवको गठन भएको हो ।

नव गठित क्लबका अध्यक्ष सोहन घिमिरे, उपाध्यक्ष सुबोध गौतम, सचिव जेनिशा श्रेष्ठ, कोषाध्यक्ष बिहान न्यौपाने रहनु भएको छ । यस्तै क्लवको सदस्यहरुमा दृष्टि तिवारी, इस्मी पौडेल, एन्जल खनाल, रुसिन वि.क., प्रत्युष क्षेत्री, सक्षम ढकाल र आर्यक बेलवासे चुनिनु भएको छ त्यसैगरी उक्त कार्यसमितिलाई मार्गनिर्देशन गर्नकालागि एक सुपरीवेक्षण समिति पनि गठन भएको छ । विज्ञान शिक्षक खेम थापा संयोजक रहनुभएको उक्त समितिमा सहसंयोजक राजीव बेलवासे र सदस्यहरु विशाल श्रेष्ठ, पोषण आचार्य, मन्दाकिनी गुप्ता, लक्की ढकाल, लव कुँवर, गोविन्द पाण्डे, निश्चल नराल र पूजन ज्ञवाली रहनुभएको छ ।

विद्यालयका सहप्राचार्य भिमसेन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नवगठित कार्यसमिति तथा सुपरीवेक्षण समितिका सदस्यहरुलाई टिका तथा खादा अर्पण गर्दै प्राचार्य कृष्ण न्यौपानेले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै विज्ञान र प्रविधिका क्षेत्रमा यस क्लवको विशिष्ट योगदान रहनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा उपप्राचार्य उमेश रेग्मी, नि.मा.वि. तह संयोजक सरस्वती पाण्डे लगायतले नव गठित समितिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

 
 
  
 

You may also like