राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

by समतल अनलाइन

काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज (मंगलबार) बस्दै छ । बैठक बिहान ११ बजेर १ मिनेटका लागि बोलाइएको छ ।

बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । साथै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायनसम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like