उद्योग व्यापार संगठन रुपन्देहीले तय ग¥यो वार्षिक कार्ययोजना

by समतल अनलाइन

भैरहवा।चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले आफ्नो वार्षिक कार्ययोजना तय गर्नुका साथै पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजन गरेको छ । असोज २० र २१ गते कपिलवस्तुको बाणगंगा नगरपालिका–३ स्थित होटल थ्री एस प्रा.लि.मा बसेको बैठकले वार्षिक कार्ययोजना–२०८० निर्माण गरेको हो ।

दुईवर्षे कार्यकालका लागि विभिन्न उपसमिति गठन गरिएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले जानकारी दिए । जसअन्तर्गत गुनासो सुन्ने÷छलफल गराउने÷डेलिगेशन जाने उपसमिति, बजार प्रवद्र्धन तथा दर्ता नविकरण उपसमिति, बैंक, बीमा तथा वित्तीय संस्था समन्वय उपसमिति, उद्योग प्रवद्र्धन, व्यापार प्रवद्र्धन, सूचना तथा सञ्चार, स्वास्थ्य, सीमा तथा भन्सार सहजीकरण, महिला उद्यमी प्रवद्र्धन, कृषि व्यवस्थापन प्रवद्र्धन (बाली), कृषि व्यवस्थापन प्रवद्र्धन (पशुपंक्षी), पर्यटन प्रवद्र्धन, शिक्षा प्रवद्र्धन, युवा तथा सीप प्रवद्र्धन, बजार अनुगमन तथा सचेतना तथा प्रेस सहजीकरण उपसमिति गठन गरिएको संगठनकी महासचिव लक्ष्मी अधिकारीले बताइन् ।

त्यस्तै बैठकले रोहिणी, मायादेवी, शुद्धोधन, सियारी, मर्चवारी, सम्मरीमाई र कोटहीमाई गाउँपालिकामा व्यवसायीहरुको सहभागीतामा भेला गरी पालिकास्तरीय उपसमिति निर्माण गर्ने निर्णय गरेको महासचिव अधिकारीले बताइन् । त्यसै गरी बैठकले स्थानीय नगर तथा गाउँपालिका समन्वय उपसमिति समेत गठन गरेको उनले बताइन् ।

वार्षिक कार्ययोजना अन्तर्गत उद्योग, व्यापार, कृषि तथा पर्यटन क्षेत्रको अध्ययन अवलोकन भ्रमणहरु गर्ने, नेपाल सरकारको बजेटमा राजस्वका दर, भन्सार दर, नगरपालिकाका राजस्व परामर्श समिति अन्तर्गत निर्धारण गरिने दर, आर्थिक वृद्धि, निजी क्षेत्रका समस्या, सल्लाह, सुझाव पेश गर्ने, समग्र रुपन्देहीको विकास, भैरहवा क्षेत्रको विकास÷राष्ट्रिय गौरव आयोजना सम्बन्धी छलफल डेलिगेशन÷अन्तरक्रिया, भैरहवा मण्डपका लागि आवश्यक जग्गा पहिचान गरी निर्माणका लागि सरकारसँग पहल गर्ने, संगठनमा दर्ता भएको सदस्यहरुको फर्ममा कुनै आकस्मिक घटना भएमा उपस्थिति भइ संगठनमा प्रतिवेशन पेश गर्ने, उद्योगी सम्बन्धी अन्तरक्रिया, व्यापारसम्बन्धी अन्तरक्रिया, तालिम गोष्ठी गर्ने निर्णय गरेको छ ।

त्यस्तै शिक्षा, स्वास्थ्यसम्बन्धी कार्यक्रम, कृषिसम्बन्धी अन्तरक्रिया, पर्यटन प्रवद्र्धन, महिला उद्यमी प्रवद्र्धनसम्बन्धी कार्यक्रम, युवाको लागि सीपमूलक तालिम सञ्चालन, नेतृत्व विकास, लेखा व्यवस्थापन, कर शिक्षा तालिम, दशै, तिहार, छठपर्व तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान, वृक्षारोपण, सरसफाई, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, २०८१ सालको क्यालेण्डर प्रकाशन गर्ने निर्णय भएको संगठनले जनाएको छ ।

त्यसै गरी संघ संस्थासँग सम्बन्ध विस्तार गर्ने, राष्ट्रियस्तरको महोत्सव आयोजना गर्ने, सडक खाना महोत्सव सम्पन्न गर्ने, बैंक तथा वित्तीय संस्था सम्बन्धी कार्यक्रम, बजार अनुगमन कार्यक्रम वार्षिक कार्ययोजनामा समावेश गरिएको छ । त्यस्तै कार्यसमितिको कार्यसम्पादन मूल्यांकन गर्ने कार्ययोजनामा समावेश छ ।

त्यस्तै उद्योग व्यापार संगठन, रुपन्देहीले आगामी मंसिर ६ देखि मंसिर १८ गतेसम्म भैरहवामा आयोजना गर्ने महोत्सव (मेला) का लागि विभिन्न उपसमिति गठन गरेको छ ।

सोही अवसरमा महासचिव अधिकारीले बैठक सञ्चालन कार्यविधि आचारसंहिताबारे जानकारी गराएकी थिइन् ।

बैठकमा संगठनले मनोनित गरेका कार्यसमिति सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो । त्यस्तै मनोनित सल्लाहकारहरुलाई सम्मान गरिएको थियो । त्यसै गरी संगठनका कोषाध्यक्ष सुरेन्द्र कुमार पाण्डेयले आर्थिक वर्ष २०८०÷०८१ अन्तर्गत असोज १८ गतेसम्मको आय–व्यय विवरण प्रस्तुत गरेका थिए । त्यस्तै बैठकमा संगठनको सचिवालय गठन गरिएको थियो ।

बैठकमा १३ वटा एजेण्डामा छलफल भएको संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले बताए । उनले संगठनले लिएका लक्ष्य पूरा गर्न सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

्बैठकमा बोल्दै उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले उद्योग व्यवसाय धरासायी अवस्था रहेकोले यसलाई बचाउन संगठन लागिपर्ने बताए ।

संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै वार्षिक कार्ययोजना अनुसार अघि बढ्न आग्रह गरे । पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले चुनौतीलाई चिर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले संगठनलाई उचाईमा ल्याउन सफल भएको बताए । संगठनकी सल्लाहकार ज्ञानु पौड्यालले संगठनमा महिला सहभागीता बढ्दो क्रममा रहेको बताइन् । सल्लाहकार भोपेन्द्र प्रसाद यादवले उद्योगी व्यवसायी समस्यामा रहेको बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष रामप्रसाद पोख्रेलले वार्षिक कार्ययोजनामा समावेश भएका कार्यक्रम सफलतापूर्वक सम्पन्न होस् भन्दै शुभकामना व्यक्त गरे ।

उद्योग व्यापार संगठन, रुपन्देहीका कार्यसमिति सदस्य प्रियाबन्धु न्यौपानेले आफूले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न प्रयत्न गर्ने बताए । संगठन लुम्बिनी शाखाका अध्यक्ष कृष्ण बहादुर गुरुङले सबै एकजुट भइ अघि बढ्नुपर्नेमा जोड दिए ।

संगठनका अध्यक्ष दर्पण श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष सचिन रोक्काको स्वागत तथा धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like