217
काठमाडौँ । १९औं एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले आज (शुक्रबार) पहिलो खेल खेल्दै छ । चीनको हान्झाउमा नेपाली टोलीले आज भियतनामसँग खेल्न लागेको हो ।
यस्तै, नेपालले असोज ८ मा जापानसँग र असोज ११ मा बङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल जापान र भियतनामसँगै समूह ‘डी’ मा रहेको छ । जापान विश्वकप विजेता टोली हो । रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन छन् ।
previous post