पाल्पाको जोर्तेमा स्कार्पियोमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

by समतल अनलाइन

बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्वरको स्कार्पियोलाई पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेको उकालोमा सुख्खा पहिरोले च्यापेको थियो ।

जीपमा सवारमध्ये ८ जनाको उद्दार गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोमा च्यापिएकाहरुलाई जेसीबीको सहयोगमा बाहिर निकालिएको थियो । मृतकहरुको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like