सामान्य अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि खुम्चियो

by समतल अनलाइन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ०५ अंकले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अंक कायम भएको छ ।

आज दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता शेयर २९ हजार छ सय ४० पटक खरिद बिक्री हुँदा कारोबार रकम ८६ करोड ५१ लाख २० हजार चार सय ५२ मा खुम्चिएको छ । लगानी समूह, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेका छन् भने बाँकी सबै समूहको उपसूचक घटेको छ । लगानी समूह शून्य दशमलव ०९, म्युचुअल फन्ड शून्य दशमलव ०४, निर्जीवन बीमा पाँच दशमलव ६१ र व्यापार शून्य दशमलव ८० अंकले बढेका छन् । सबैभन्दा धेरै घट्नेमा भने जीवन बीमा समूह ५० दशमलव ०१ र होटल तथा पर्यटन ३५ दशमलव ५८ अंकले घटेका छन् ।

 
 
  
 

You may also like