एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

by समतल अनलाइन

काठमाडौँ । एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्ने बताइएको छ ।

जबरजस्ती करणीको कसुरमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सन्दीपको मुद्दा हेर्न नभ्याउनेमा परेपछि सन्दीप सोमबार पाकिस्तान गएका हुन् । जबरजस्ती करणीको कसुरमा सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ । भदौ १८ अर्थात् सेप्टेम्बर ४ तारिखको नेपाल र भारतबीचको खेले खेलेर लामिछाने भदौ २० गते नेपाल फर्किनेछन् ।

 
 
  
 

You may also like