भैरहवाबाट नेपाल एयरलाइन्सले हङकङ र नयाँ दिल्लीमा उडान गर्दै

by समतल अनलाइन

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ ।

काठमाडौंलाई ट्रान्जिट बनाएर कम्पनीले १२ भदौ २०८० (मंगलबार)देखि हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा गरेको हो । उडान तालिका अनुसार हरेक हप्ताकाे म‌गलबार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्ने भएको छ । तत्पश्चात ट्रान्जिट भइ हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् ।

यात्रुको सुविधाका लागि चेक इन गर्दा नै गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको कम्पनीले वताएको छ ।

 
 
  
 

You may also like