प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा शैक्षिक सामग्री वितरण

by समतल अनलाइन

बुटवल ।प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शैक्षिक सामग्री वितरण गरेको छ। रुपन्देहीस्थित कोटिहवामा रहेको पशुपति माध्यमिक विद्यालय अध्ययनरत एक सय विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको हो।

कार्यक्रममा तिलोत्तमा नगरपालिका शिक्षा शाखाका प्रमुख गँगाराम आचार्य, पशुपति क्याम्पसका प्रमुख जित बहादुर रास्कोटी , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्चित श्रेष्ठको सहभागीता रहेको थियो ।

त्यसैगरि परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, राष्ट्रिय सचिव तिर्सना खराल, केन्द्रीय सदस्य श्रीधर घिमिरे र बद्री भट्टराई प्रदेश सचिव आकृति कंडेल, लुम्बिनी प्रदेश सह संगठन सचिव हरिश बाेहाेरा , विद्यालयका सहायक चक्रपाणी बस्याल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

 
 
  
 

You may also like