एभरेष्टमा बधाई तथा शुभकामना कार्यक्रम

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित एभरेष्ट माध्यमिक विद्यालयमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

२०७९ सालको माध्यमिक शिक्षा परीक्षा एसइईमा सफलता प्राप्त गर्ने विद्यार्थीहरुको सम्मानार्थ कार्यक्रम गरिएको हो । कार्यक्रममा ३.६५ र सोभन्दा माथि जि.पि.ए. प्राप्त गर्ने १९ जना छात्रछात्रालाई विशेष सम्मान गरिएको थियो । सोही अवसरमा सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुलाई पनि सम्मान गरिएको विद्यालयका सह प्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो ।

विद्यालयका प्राचार्य कृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालय सञ्चालक समिति अध्यक्ष गमप्रसाद रेश्मीले सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै सफल शैक्षिक भविष्यको कामना गर्नुभएको थियो ।

कार्यक्रममा सहप्राचार्य भीमसेन गौतम, उपप्राचार्य उमेश रेग्मी, शिक्षक प्रतिनिधि माधव भुसाल लगायतका वक्ताहरुले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै समुज्ज्वल शैक्षिक भविष्यको कामना गर्नुभएको थियो । सो अवसरमा विद्यार्थी कृष्ण गौतम र रचिता क्षेत्रीले विद्यालय परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आफूहरु सदैव एभरेष्टको नाम उच्च राख्ने कार्यमा लागिरहने प्रतिबद्वता व्यक्त गर्नुभएको थियो । विद्यालयका साहित्यक संयोजक शिक्षक माधव पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like