संवैधानिक इजलासबाट रविलाई ‘राहत’, रिट निवेदन खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासले खारेज गरेका छ । लामिछानेले संवैधानिक इजलासबाट राहत पाएका छन् ।

संविधानकै विषयमा प्रश्न उठाउँदै युवराज पौडेल सफलले दायर गरेको रिट संवैधानिक इजलासबाट खारेज भएको हो । उक्त रिटमाथि यसअघि एकल र संयुक्त इजलासमा सुनुवाइ भएको थियो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्ल छन् ।

यसअघि, सर्वोच्चले संवैधानिक इजलासबाटै रविको सांसद पद खारेज गरिदिएको थियो । त्यसबेला सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज हुने ठहर गरेको थियो ।

 
 
  
 

You may also like