शुल्क विवरण पठाउन निजी विद्यालयलाई काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूअन्तर्गत सञ्चालित निजी विद्यालयलाई शैक्षिक शुल्क पेस गर्न निर्देशन दिएको छ । महानगरले शैक्षिक सत्र २०८०/०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूबाट लिइने शुल्क विवरण असार मसान्तभित्र बुझाउन भनेको हो ।

अब विद्यालयले काठमाडौं महानगरपालिकाको शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव बुझाउनु पर्नेछ ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित सबै संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८०/०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग के–के शीर्षकमा के कति शुल्क लिने हो ? विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव मिति असार मसान्तभित्र शिक्षा विभागमा उपलब्ध गराइ दिनु हुन अनुरोध गर्दछौं ।’

 
 
  
 

You may also like